हिमालयन बैंकले ल्यायो नयाँ कर्जा योजना
- साउन ११, २०७७
- 0
हिमालयन बैंकले ८.४९ र ९.८९ प्रतिशत ब्याजदरका विभिन्न कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ८.४९ % ब्याज दरमा साना तथा मझौला कर्जा, घर, सवारी साधन, शैक्षिक कर्जा सार्वजनिक गरेको हो ।
बैंकले ९.८९ प्रतिशत ब्याजको कर्जा योजनामा सेयर धित्तो कर्जा, शिक्षण संस्थाका लागि दिइने कर्जा, व्यक्तिगत साना व्यावसायिक कर्जा, सुविधा कर्जा र व्यक्तिगत कर्जा रहेको जनाएको छ ।
त्यस्तै बैंकले १०.३९ प्रतिशत ब्याजदरमा व्यावसायिक सवारीसाधन कर्जा ल्याएको छ । १० वर्षको अवधिसम्मका लागि पाइने एसएमई कर्जा न्यूनतम पाँच लाखदेखि ६ करोड रुपैयाँसम्म प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले घर कर्जाको सीमा एक करोड रुपैयाँ तोकेको छ । घर निर्माण वा घर-जग्गा खरिदका लागि सो कर्जा उपयोग गर्न सक्नेछन् ।
यी कर्जा योजनामा लागु हुने ब्याजदरको प्रिमियम न्यूनतम एक वर्षका लागि स्थिर रहने बैंकले जनाएको छ ।
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










