महासंघलाई बन्दी बनाउने काम भयो : बरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल

news-details

नेपाल उद्योग बाणिज्य महासंघको साउन २६ र २७ गते निर्धारण गरिएको साधारणसभा स्थगित गर्ने निर्णयप्रति महासंघका उपाध्यक्ष तथा बरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले असन्तुष्टि जनाएका छन ।

महासंघको पदाधिकारी बैठकले कोरोना संक्रमणको जोखिम र सरकारले सभासम्मेलन गर्न रोक लगाएको कारण निर्धारित मितिमा साधारणसभा गर्न नसकिने निर्णय गरेपछि उपाध्यक्ष ढकालले आज एक पत्रकार सम्मेलन गर्दै उक्त निर्णयप्रति असन्तुष्टि जनाएका हुन ।

निर्धारित मितिमा साधारणसभा नगरेर महासंघलाई बन्दी बनाउने काम गरिएको भन्दै उपाध्यक्ष ढकालले भने – ‘स्वास्थ मापदण्ड पुरा गरेर साधारणसभा गरौ भन्ने आम व्यवसायीहरुको मागलाई कुल्चने काम भएको छ, स्वास्थ्य भन्दा महासंघको साधारणसभा ठुलो नभएपनि उचित व्यवस्थापन गरेर नेतृत्व चयन गर्न सकिएको भए पिडा भुलाउने ठाउँसम्म हुने थियोे ।’

उपाध्यक्ष ढकालले महासंघको साधारणसभा निर्धारित मितिमा सम्पन्न भएको भए यसबाट आउने नयाँ नेतृत्वले केहि निचोड दिने आशामा आम व्यवसायीहरु रहेकोमा विधान विपरित यसलाई कुल्चने काम भएको बताए । उनले भने –‘नयाँ नेतृत्वमा म अध्यक्ष हुने होइन र यसमा मेरो व्यक्तिगत महत्वकांक्षा छ जस्तो पनि लाग्दैन तर, निर्धारित मितिमा साधारणसभा भएको भए नयाँ नेतृत्वले केहि नयाँ निचोड दिन्थ्यो भन्ने मेरो धारणा हो ।’

सरकारसँग समेत साधारणसभा सम्पन्न गराउनका लागि छलफल भैरहेको अवस्थामा केहि पदाधिकारी मात्र संलग्न बैठकले अनिश्चितकालका लागी साधारणसभा नै सार्ने निर्णय गर्नु हतास मनस्थितीको उपज मात्र भएको उपाध्यक्ष ढकालको भनाई छ । ‘यहाँ स्यालले कुखुरा लग्यो भन्दा पनि स्याल पल्कियो भन्ने डर उत्पन्न भयो जसका कारण गरिमामय सस्थाको भविश्य कस्तो अवस्थामा पुग्ला भन्ने चिन्ता आम व्यवसायीमा थपिएको छ’ ढकालले भने ।

पत्रकार सम्मेलनमा महासंघका पूर्वअध्यक्ष चण्डी प्रसाद ढकालले बिधान बिपरित साधारणसभाको मिति सार्न केहि दिनका लागी भए पनि पद छोड्न नचाहनेको खेल रहेको बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *