मौद्रिक नीति सार्वजनिक : कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यून गर्ने लक्ष्य (पूर्णपाठसहित)

news-details

नेपाल राष्ट्र बैंङ्कले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।  कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन ।

कोरोनाका कारण सङ्कटमा परेका क्षेत्रका लागि सहज तथा सहुलियत कर्जा उपलब्ध गराउने, असार मसान्तसम्म म्याद कायम भएका कर्जालाई पुस मसान्तसम्म बढाउने, कोभिडबाट अति जोखिमा परेका पेशा व्यवसायसँग सम्बन्धित कर्जा तिर्नुपर्ने म्याद अर्को वर्षको असार मसान्तसम्म सार्न व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख छ ।

सरकारले चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई पूरा गर्न नीतिमा केही विषय समावेश गरिएको छ ।

कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यून गर्ने लक्ष्यका साथ कृषि, ऊर्जा तथा साना तथा मझौला उद्योगमा लगानी गर्ने गरी नीतिमा विशेष जोड दिइएको छ । कृषि विकास बैङ्कलाई कृषि क्षेत्रको विकासका लागि अगुवा बैङ्कका रुपमा अगाडि बढाउने लक्ष्य नीतिमा राखिएको छ ।

यस्तै बैङ्क तथा वित्तीय संस्थालाई कृषि क्षेत्रमा लगानीका लागि थप प्रोत्साहन गर्ने गरी नीति तय गरिएको गभर्नर अधिकारीले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *