साउन १ गतेबाट अन्तर बैंक कारोबारमा शुल्क लाग्ने

news-details

लकडाउनको समयमा निःशुल्क गरिएको अन्तर बैंक कारोबारमा अब शुल्क लाग्ने भएको छ। तर,अन्तर बैंक कारोबार गर्दा शुल्क लिने या नलिने बैंक आफैले निर्णय गर्न पाउने भएका छन् ।

हाल प्रायः जसो सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरु खुलेको र बन्दाबन्दी समेत खुकुलो भई आवत–जावत खुकुलो भइसकेकोले साउन एक गतेबाट विद्युतीय कारोवार तथा नगद झिक्न अन्तर–बैंक एटिएम प्रयोग गर्दा शुल्क लिने नलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरु आफैले निर्धारण गर्ने गर्ने भएका छन् ।

वाणिज्य बैंक,विकास बैंक र वित्त कम्पनीका एशोसियसनहरुले बुधबार उक्त निर्णय गरेका हुन । कनेक्ट आइपीएस, एनसीएचएल आइपिएस र एनसीएचएल इसीसी सम्बन्धी शुल्क निर्धारण भने नेपाल क्लियरिङ्ग हाउसले नै गर्ने छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *