उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले गरे प्यानलसहित उम्मेदवारीको घोषणा

news-details

नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।

ढकाल समूहबाट जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघईको उम्मेदवारी घोषणा भएको हो । श्रेष्ठ हाल पनि वस्तुगत उपाध्यक्ष नै छन भने तिवारी प्रदेश ५ कमिटीको अध्यक्ष हुन ।

बुधबार काठमाडौमा आयोजित उम्मेदवारी घोषणा सभामा बोल्दै वर्तमान उपाध्यक्षसमेत रहेका ढकालले आफ्नो प्यानलको जित सुनिश्चित रहेको र आगामी कार्यसमितिमा स्वत अध्यक्ष बन्ने बरिष्ठ उपाध्यक्ष शेखर गोल्छासँग मिलेर अघि बढने बताए ।

आगामी साधारणसभाबाट हालका बरिष्ठ उपाध्यक्ष गोल्छा स्वत अध्यक्ष बन्नेछन भने बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष लगायतका पदमा निर्वाचन हुनेछ । बरिष्ठ उपाध्यक्ष पदका लागि ढकाल र किशोर प्रधानको प्यानलबीच प्रतिष्पर्धा हुने निश्चित भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *