राष्ट्रिय वाणिज्य बैंकद्धारा उर्जा बचतमा सघाउने विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण

news-details

राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारको सहयोगमा संचालित ‘Energy Efficiency Program Nepal’ बुि को अनुदान सहयोग कार्यक्रम अन्र्तगत विभिन्न कम्पनीलाई अनुदान रकम प्रदान गरेको छ ।

जस अन्तर्गत बैंकले अशोक स्टील इन्डस्ट्रिज प्रा.लि.लाई एक करोड रुपैंया, सीताराम गोकुल मिल्क्स लाई २० लाख एक हजार एक सय एकतीस रुपैंया, गोइन्का स्टील प्रा.लि. लाई पांच लाख ६० हजार चार सय रुपैंया रकम प्रदान गरेको हो ।

मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेवापत स्वीकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक सोमबार एक समारोहकाबीच हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले उक्त अनुदान रकमको चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गर्नुभयो । उहांले अन्य बैंकको तुलनामा रा.वा.बैंकको आधार दर (६.०७ प्रतिशत) कम भएकाले कर्जा सुविधा लिन पनि आव्हान गर्नुभयो ।

नेपाल सरकार र जर्मन सरकार बिच सन् २०१० मा नेपालको औद्योगिक तथा ब्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘Energy Efficiency Program Nepal’ आयोजना कार्यन्वयनको लागि Project Executing Agency (PEA) को रुपमा सहायता सम्बन्धि कार्य गर्ने गरेको छ ।

यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ ।

यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधि भित्र रही अधिकतम रु. १ करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु कबिराज अधिकारी र केशवप्रसाल लम्साल, उपकार्यकरी अधिकृतहरु देबेन्द्ररमण खनाल, सरस्वती अधिकारी, देवेसप्रसाद लोहनी एडेल्फीका कन्सल्टैण्ट ज्ञानेन्द्र उपाध्याय, अनुदान रकम प्राप्त गर्ने कम्पनीका प्रतिनीधिहरु लगायतको उपस्थिति रहेको थियो । उपप्रबन्धक होमराज भट्टराईले कार्यक्रम संचालन गर्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *