ईसेवा मनी ट्रान्सफर र रेमिटलीबीच डिजिटल रेमिट्यान्स सम्झौता

news-details

डिजिटल रेमिटेन्समा ख्याती प्राप्त मनी ट्रान्सफर रेमिटली र ईसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स् सेवा सुरु भएको छ ।

यो सेवा सुरुभएसँगै अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा र युरोपियन देशहरुमा रहेका नेपालीहरुले ईसेवा मनि ट्रान्सफरमा नगद पैसा पठाउन सक्नेछन । साथै रेमिटलीबाट सिधै ईसेवा वालेटमा पैसा पठाउन, लोड गर्न तथा कुनै पनि बैंक खातामा रकम जम्मा सकिनेछ ।

ईसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवा मार्फत नेपालमा रेमिट्यान्स् कारोबार गर्दै आएको छ । अहिलेको विषम परिस्थितिलाई मध्य नजर गर्दै ईसेवाले डिजिटल माध्यमबाट सुरक्षित, समयको बचत, आर्थिक फाइदा हुने किसिमले रेमिट्यान्स् पठाउन सकिने सेवा दिइरहेको छ ।

ईसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले ईसेवा मनी ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनिको रुपमा स्थापना गर्नु मुख्य उद्देश्य रहेको बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *