सिद्धार्थ बैंक र आइएमएस सफ्टवयेरबीच बिलिङ तथा भुक्तानी सम्झौता
- असार २५, २०७७
- 0
सिद्धार्थ बैंक लिमिटेडले आइएमएस सफ्टवयेरसँग बिलिङ तथा भुक्तानी सम्बन्धी सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र आइएमएस सफ्टवयेरका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरे ।
यस सम्झौतापछि बैंक र आइएमएस सफ्टवयेर विशेष साझेदारीमा प्रवेश गरेका छन् । जसको मुख्य उद्देश्य आइएमएसद्वारा विकसित बिलिङ र भुक्तानी प्रणालीको माध्यमबाट बैंकिङ्ग सेवाहरु विशेष छुटमा उपलब्ध गराउनु रहेको छ ।
बैंकले आफ्ना ग्राहकका लागि पोइन्ट अफ सेल टर्मिनल र क्युआर कोडको सुविधाको देशभर नै विस्तार गरिरहेको छ ।
यसैगरी, आइएमएसले विभिन्न उत्पादन र सेवाहरू मार्फत आफ्नो ग्राहकलाई उपयुक्त सफ्टवेयर प्रदान गरिरहेको बैंकको भनाइ छ ।
तसर्थ यस सम्झौताले बिलिङ तथा भुक्तानी प्रणाली सरल हुने हुँदा ग्राहकलाई विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










