सिद्धार्थ बैंक र आइएमएस सफ्टवयेरबीच बिलिङ तथा भुक्तानी सम्झौता

news-details

सिद्धार्थ बैंक लिमिटेडले आइएमएस सफ्टवयेरसँग बिलिङ तथा भुक्तानी सम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र आइएमएस सफ्टवयेरका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरे ।

यस सम्झौतापछि बैंक र आइएमएस सफ्टवयेर विशेष साझेदारीमा प्रवेश गरेका छन् । जसको मुख्य उद्देश्य आइएमएसद्वारा विकसित बिलिङ र भुक्तानी प्रणालीको माध्यमबाट बैंकिङ्ग सेवाहरु विशेष छुटमा उपलब्ध गराउनु रहेको छ ।

बैंकले आफ्ना ग्राहकका लागि पोइन्ट अफ सेल टर्मिनल र क्युआर कोडको सुविधाको देशभर नै विस्तार गरिरहेको छ ।

यसैगरी, आइएमएसले विभिन्न उत्पादन र सेवाहरू मार्फत आफ्नो ग्राहकलाई उपयुक्त सफ्टवेयर प्रदान गरिरहेको बैंकको भनाइ छ ।

तसर्थ यस सम्झौताले बिलिङ तथा भुक्तानी प्रणाली सरल हुने हुँदा ग्राहकलाई विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *