एनसेलले ल्यायो ‘ननस्टप यूट्युब’ अफर
- असार २४, २०७७
- 0
एनसेलले आफ्ना सबै फोरजी ग्राहकको लागि ‘ननस्टप यूट्युब’ अफर ल्याएको छ । भिडियो सामाग्रीहरु हेर्दा धेरै डाटा खपत हुने र शुल्क पनि बढी लाग्ने चिन्ताबाट मुक्त हुँदै ग्राहकले यूट्युबको प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ ।एनसेलले नयाँ ‘प्लस’ थिम अन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप यूट्युब’ अफर ल्याएको हो ।
यस प्याकेजमा नयाँ ‘प्लस’ थिम अन्तर्गत डेटा बन्डलिङ सहित यूट्युब अफर, एकसय रुपैयाँमा एक हप्ताभरि यूट्युब चलाउन मिल्ने, थप ४ जीबी अल टाइम अल नेटवर्क डाटा, फेसबुक र टिकटकको लागि थप डाटा पनि लिन सकिने एनसेलले जनाएको छ ।
यस अफर अन्तर्गतको ननस्टप यूट्युबको फाइदा लिन ग्राहकसँग एनसेल फोरजी सिम कार्ड, फोरजी चल्ने मोबाइल र एनसेलको फोरजी नेटवर्क कभरेज भित्र हुनु पर्दछ । आफ्नो थ्रिजी सिम कार्ड फोरजी सिममा अपगे्रड गरी नसकेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गएर आफ्नो सिम निःशुल्क अपग्रेड गर्न एनसेलको आग्रह गरेको छ ।
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










