नेपालीको प्रतिव्यक्ति आय १ हजार ९० अमेरिकी डलर, निम्न मध्यम आय भएको देशको सूचीमा उक्लियो

news-details

नेपालीको प्रतिव्यक्ति आय १ हजार ९० अमेरिकी डलर पुगेको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा नेपालीको आय बढेसँगै नेपाल निम्न मध्यम आय भएको देशको सूचीमा उक्लिएको छ ।

विश्व बैंकको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएको हो । सन् २०१९ मा नेपालीहरुको प्रतिव्यक्ति आय ९६० अमेरिकी डलर थियो । सन् २०२० को जुलाई १ सम्म नेपालीहरुको प्रतिव्यक्ति आय एक हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ ।

विश्व बैंकले संसारभरका देशहरुलाई उच्च, उच्चमध्यम, निम्नमध्यम र निम्न आय भएको मुलुकमा वर्गीकरण गर्दै आएको छ । नेपाललाई सन् २०३० भित्र मध्यम आय भएको देशमा उकाल्ने सरकारको लक्ष्य छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *