कोरोना महामारीविरुद्ध लड्न एशियाली विकास बैंकले ३६ करोड अनुदान दियो
- असार १७, २०७७
- 0

एशियाली विकास बैंक (एडिबी)ले कोभिड–१९ को महामारीविरुद्ध लड्न नेपाल सरकारलाई ३६ करोड अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । एडिबीले एशिया–प्रशान्त विपद् प्रतिकार्य कोषबाट नेपाललाई उक्त रकम उपलब्ध गराउने स्वीकृति गएराति गरेको यहाँस्थित उक्त बैंकको देशीय कार्यालयले जनाएको छ ।
जापान सरकारद्वारा कोषमा दाखिला भएको उक्त रकम सीमाक्षेत्रस्थित क्वारेन्टिनको सुधार तथा प्रभावकारी व्यवस्थापन, प्रयोगशाला र चिकित्सा उपकरण, औषधि एवं सङ्क्रमण नियन्त्रण सामग्री खरिदका निम्ति प्रदान गरिएको हो ।
यसअघि पनि एडिबीले रु तीन करोड ६० लाख स्वास्थ्यकर्मी तथा कोरोनाविरुद्ध अग्रपङ्क्तिमा रहेर खटिएकाहरुलाई आपत्कालीन स्वास्थ्य सामग्री खरिद गर्न प्रदान गरेको थियो ।
-रासस
0 प्रतिक्रिया
धर्मश्री विजेता गिरी नेपालको नेतृत्व गर्दै लण्डन प्रस्थान

धर्मश्री विजेता/वडी विल्डर जीवन गिरी आज नेपालको नेतृत्व गर्दै लण्डन प्रस्थान गरेका छन् । लण्डनमा हुन लागेको युके नेपाल वडी […]
त्रिकोणात्मक टी–२० : नेपाल आज स्कटल्याण्डसँग खेल्दै

स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डसँग खेल्दै छ । मंगलबार बेलुका पौने ८ बजेदेखि खेल सुरु […]
‘वैकल्पिक उपायस्वरूप वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा आपूर्ति हुने’

खानेपानीमन्त्री प्रदीप यादवले बर्षायामको समयमा पनि मेलम्चीको पानी निर्वाध रुपमा काठमाडौँवासीका घर घरमा वितरण हुने बताएका छन् । सोमबार मेलम्ची […]
आज दुई वटा संसदीय समितिको बैठक बस्दै

संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका कानुन, न्याय तथा मानव अधिकार समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ […]
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक मंगलबार बस्दैछ । बैठक आज दिनको १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो । […]