स्वस्फूर्त कर तिर्ने बढेसँगै सरकार उत्साही, नौ दिनमा ३३ अर्ब राजस्व संकलन

news-details

विश्वास रेग्मी / लकडाउन र सर्वोच्च अदालतको पछिल्लो आदेशका कारण राजस्व संकलनमा सरकारले कडाइ गर्न नसके पनि स्वस्फूर्त रूपमा कर तिर्ने प्रवृत्ति बढ्दै गएको छ । करदाताको यस्तै प्रवृत्तिका कारण सरकारले पछिल्लो नौ दिन (असार १ देखि ९ गतेसम्म) मै ३३ अर्ब रुपियाँभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ ।

कोभिड–१९ सङ्क्रमणका कारण पछिल्लो समय खर्च बढ्दै गएको तर राजस्व संकलन भने हुन नसकेका कारण सरकारले स्रोतको अभाव हुन थालेको जनाउँदै आएको थियो । यस्तैमा सर्वोच्च अदालतले सरकारलाई लकडाउन खुला भएको एक महिनापछि मात्र कर संकलन गर्न आदेश दिएपछि सरकारले राजस्व उठौतीमा कडाइ गर्नसक्ने अवस्था रहेको थिएन । यद्यपि कतिपय करदाताले स्वस्फूर्त रूपमा कर तिर्न थालेपछि चालू आर्थिक वर्षको अन्तिम महिना राजस्व संकलन बढेको छ ।

करदाताले आफ्नो दायित्व सम्झेर कर तिरेकै कारण राजस्व संकलन बढ्दै गएको आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद कुँवरले बताए । ‘ठूलादेखि साना करदाताले आफैँ कर बुझाउन आएकाले राजस्व संकलन सहज बन्दै गएको छ’, उनले भने ।

असारमा ८२ अर्ब रुपियाँ आन्तरिक राजस्व संकलनको लक्ष्य राखेको विभागले नौ दिनमा ३३ अर्ब रुपियाँ राजस्व संकलन गरिसकेको छ । कर संकलनमा बढेको स्वस्फूर्त सहभागिताले यस महिनाको लक्ष्य पूरा हुनसक्ने अनुमान विभागको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार अहिलेसम्म भने सरकारले छ खर्ब ८१ अर्ब रुपियाँ राजस्व संकलन गरिसकेको छ । त्यसमध्ये कर राजस्वतर्फ छ खर्ब १६ अर्ब र गैरकरतर्फ ६५ अर्ब १३ करोड रुपियाँ राजस्व संकलन भएको छ । अहिलेसम्म सरकारले १६ अर्ब ६३ करोड रुपियाँ अनुदानतर्फ अन्य प्राप्तितर्फ ४४ अर्ब ७८ करोड रुपियाँ प्राप्त गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार लकडाउन अवधिमा केवल ४० अर्ब रुपियाँ मात्र राजस्व संकलन भएको थियो ।

लकडाउनका कारण राजस्व संकङ्कलन प्रभावित भएपछि सरकारले पछिल्लोपटक जेठ २५ गतेसम्म कर तिर्नुपर्ने सार्वजनिक सूचना जारी ग¥यो । निजी क्षेत्रले यसको विरोध गर्दै समय थप्न माग गरेपछि सरकारले असार ७ गतेसम्म कर तिर्ने सूचना जारी गरेको थियो । सरकारको उक्त सूचनाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले लकडाउन खुलेको एक महिनापछि मात्रै राजस्व संकलन गर्न निर्देशन दिएको थियो । सरकारलाई खर्च जुटाउनै समस्या भएपछि निजी क्षेत्रका प्रतिनिधिले सक्षम करदातालाई कर तिरेर सहयोग गर्न आग्रह पनि गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *