लक्ष्मी बैंकले ल्यापटप तथा कम्प्युटर किन्न कर्जा दिने
- असार २, २०७७
- 0
कोभिड–१९ रोकथामका लागि अपनाइएको लकडाउनका कारण घरबाट काम गर्नुपर्ने नयाँ वातावरणको सिर्जना भएको छ । हिंडडुलमा प्रतिबन्ध लगाइएको परिणामस्वरुप शैक्षिक संस्था तथा कार्यालयहरु बन्द भएको स्थितिमा विद्यालय तथा कलेजहरुमा अनलाइन कक्षा सञ्चालन गर्ने तथा व्यवसायी तथा कर्मचारीहरुले घरबाटै काम गर्ने अवधारणाको विकास भएको छ ।
यसै आवश्यकतालाई मध्यनजर गर्दै लक्ष्मी बैंकले ल्यापटप, कम्प्युटर तथा सम्बन्धित उपकरणहरुको खरिदका लागि ग्राहकहरुलाई सुपथ व्याजदरमा सरल कर्जा सुविधाको प्रारम्भ गरेको छ ।
यो सुविधा अन्तर्गत योग्य ग्राहकहरुलाई खरिद मूल्यको १०० प्रतिशत सम्मको कर्जा शून्य प्रतिशत शुल्क तथा न्युनतम १२५ वार्षिक ब्याजदरमा प्रदान गरिने छ ।
यो सुविधा हाल एसर, एप्सन, डेल तथा एप्पल ब्राण्डका ल्यापटप तथा कम्प्युटर उपकरणहरुमा उपलब्ध छ । ग्राहकहरुलाई थप छनौटको सुविधा दिन निकट भविष्यमा नै अन्य ब्राण्डहरु पनि थप गर्दै जाने बैंकको योजना रहेको छ ।
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










