मेगा बैंकका ग्राहकलाई कोरानाबाट जोगिने स्वास्थ्य सामग्री खरिदमा छुट
- जेष्ठ ३२, २०७७
- 0
कोरोना महामारीबाट सावधानी अपनाउन आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्रीहरु खरिदमा मेगा बैंकका ग्राहकलाई छुटको व्यवस्था गरिएको छ । मेगा बैंकका ग्राहकलाई रिचार्जर नामक अनलाइन सपिङबाट स्वास्थ्य सामग्री खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको हो ।
पिपिई, सेनिटाइजर, इन्फ्रारेड थर्मोमिटर, सर्जिकल मास्क, ग्लोब्स, सेफ्टी सुज, सेफ्टी चश्मा, फेस प्रोटेक्टर, डिस्इन्फेक्टेन्ट स्प्रेलगायत स्वास्थ्य सामग्री खरिदमा छुटको व्यवस्था गरिएको रिचार्जरले जनाएको छ ।
मेगा बैंकका डेबिट र क्रेडिट कार्डवाहक ग्राहकले कार्डबाट इकमर्समार्फत रकम भुक्तानी गर्दा प्रत्येक पटक १० प्रतिशत र अधिकतम ५०० रुपैंयासम्म छुटको व्यवस्था गरिएको छ। रिचार्जरको वेबसाइट तथा मोबाइल एप्समार्फत ग्राहकहरुले सामान अर्डर गर्न सक्नेछन् ।
देशव्यापी लकडाउनको असहज अवस्था तथा कोरोनाको सम्भावित खतराबाट जोगिन सहज होस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ।
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










