असार ७ सम्म कर तिर्नुपर्ने सूचना सर्वोच्चले खारेज गरिदियो
- जेष्ठ २८, २०७७
- 0
असार ७ गतेसम्म कर तिरिसक्नुपर्ने म्याद दिएर आन्तरिक राजश्व विभागले निकालेको सूचनालाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
आन्तरिक राजश्व विभागले जारी गरेको त्यस सूचनालाई खारेज गर्न माग गर्दै अधिवक्ता सृजना अधिकारीसमेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले यो आदेश दिएको हो ।
सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको इजलासले सरकारको सूचनाविरुद्ध अन्तरिम आदेश जारी गरेपछि सर्वसाधरण र व्यावसायीलाई भने राहत भएको छ ।
लकडाउनको संकटकाबीच पनि सरकारले गत जेठ २० गते सूचना निकालेर जेठ २५ गतेसम्म सबैखालका करको रकम बुझाइसक्न भनेको थियो । तर चर्को आलोचना भएपछि यसमा संशोधन गरेर असार ७ गतेसम्मको अर्को म्याद राखिएको थियो ।
अधिवक्ता अधिकारीसहितले कोरोना रोग फैलिएर देशमा अढाई महिनायता लकडाउन भएकाले करदाताहरूले कर तिर्न समस्या भएको भन्दै रिट हालेका थिए। उनीहरुले लकडाउन खुलेको ३० दिनभित्र कर तिर्न मिल्ने गरी आदेश जारी गराउन माग गर्दै रिट दायर गरेका थिए।
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










