काठमाडौंका व्यापारीले विहानैबाट सबै पसल खोले, सरकारले बोलायो वार्तामा

news-details

काठमाडौं उपत्यकाका व्यापारीहरुले आजबाट सबै प्रकारका पसलहरु खोलेका छन । यसअघि हिजो मात्र साना तथा मझौला व्यवसायीहरुको संस्था नेपाल राष्ट्रिय व्यवसायी महासंघले विहिबारबाट विहान ११ बजेसम्म सबै प्रकारका पसलहरु खोल्ने निर्णय गरेको थियो ।

महासंघको यो निर्णयसँगै सबै व्यापारीहरुले लकडाउनकैबीचमा बिहीबार विहान काठमाडौंका मुख्य व्यापारीक केन्द्र न्यूरोड, कोटेश्वर, बौद्ध, भोटेबहाल, इन्द्रचोक लगायतका क्षेत्रका पसलहरु खोलेका हुन । यद्यपी केहि स्थानमा भने प्रहरीले पसल खोल्नबाट बल प्रयोग गरेर रोकेको जानकारी आएको महासंघले बताएको छ ।

उनीहरुले सरकारद्धारा कोरोना संक्रमण फैलन नदिन निर्धारित मापदण्ड पूर्णरुपमा पालना गरेर मात्र ग्राहकहरुलाई प्रवेश गराएको बताएका छन ।

महासंघका अध्यक्ष नरेश कटुवालले लकडाउनका कारण व्यापार व्यवसाय बन्द हुदा घरभाडा, बैंकको व्याज र किस्ता, कर्मचारीको तलब भुक्तानी गर्न नसकिरहदा सरकारले कर तिर्न समेत ताकेता गरिरहदा यस्तो निर्णय लिइएको र यसमा सरकारले कुनै अवरोध खडा गरे यी सबै कुरा सरकारले व्योहोर्नुपर्ने बताए ।

यसैबीच काठमाडौं उपत्यकाका व्यापारीहरुले एकतर्फी निर्णय गरेर पसलहरु खोल्न थालेपछि सरकारले उनीहरुलाई वार्ताका लागि बोलाएको छ । साथै सरकारले लागू गराएको लकडाउनलाई अहिलेसम्म पूर्णरुपमा पालना गरेकोमा अर्को निर्णय नहुदासम्म पसल नखोल्न र वार्ताबाट समस्या समाधान खोज्न आग्रह गरिएको बताइएको छ ।

यस विषयमा छलफल गर्नका लागि आजै काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दैछ ।

यता आजै बस्ने मन्त्रीपरिषद बैठकले पनि लकडाउनको स्वरुप परिवर्तनका लागि छलफल गर्न लागेकाले धैर्यता कायम गर्न उनीहरुलाई सरकारले आग्रह गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *