लकडाउनकैबीचमा काठमाडौ उपत्यकाका व्यापारीहरुले विहान ११ बजेसम्म् सबै पसल खोल्ने

news-details

विहिबारबाट काठमाडौका सबै पसलहरु खोल्ने व्यापारीहरुले बताएका छन । लकडाउनका कारण अत्यावश्यक बाहेकका पसल खोल्न नदिने सरकारको निणर्यकाबीच विहिबारबाट सबै पसलहरु खोल्ने निर्णय उनीहरुले गरेका हुन ।

साना तथा मझौला व्यवसायीहरुको संस्था नेपाल राष्ट्रिय व्यवसायी महासंघले विहिबारबाट सबै पसल खोल्ने निर्णय गरिएको विज्ञप्तीमार्फत जानकारी गराएको छ । लामोसमयको लकडाउनका कारण व्यवसायबाटै पलायन हुने खतरा बढेकाले भोलीबाट विहान ११ बजेसम्म सम्पूर्ण पसल खोल्ने निर्णय लिइएको विज्ञप्तीमा उल्लेख छ ।

लकडाउनका कारण व्यापार९व्यवसाय बन्द हुदा घरभाडा, बैंकको व्याज र किस्ता, कर्मचारीको तलब भुक्तानी गर्न नसकिरहदा सरकारले कर तिर्न समेत ताकेता गरिरहदा यस्तो निर्णय लिइएको र यसमा सरकारले कुनै अवरोध खडा गरे यी सबै कुरा सरकारले व्योहोर्नुपर्ने महासंघको भनाई छ ।

तथापी आफुहरुले पसल खोल्दा सरकारले निर्धारण गरेको स्वास्थ्य सम्वन्धी मापदण्ड पुरा गर्ने विज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *