चौतर्फी आलोचनापछि सरकारले कर बुझाउने म्याद असार ७ गतेसम्मका लागि थप्यो

news-details

आन्तरिक राजस्व विभागले करदाताले आवधिक रुपमा बुझाउनुपर्ने कर असार ७ गते सम्ममा बुझाए हुने गरी म्याद थप गरेको छ ।

यस अघि जेठ २५ गतेसम्म आयकर लगायतका विवरण बुझाउने पर्ने गरी सूचना जारी गरेकोमा करदाताबाट कोरोना सङ्क्रमणका कारण जारी लकडाउनका बेला सम्भव नहुने भन्दै विरोध भएको थियो ।

विभागले विश्वव्यापी रुपमा फैलिएको कोराना सङ्क्रमणका कारण उत्पन्न असहज परिस्थितिका कारण म्याद थप गरिएको जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *