लकडाउन केहि खुकुलो, ४२ प्रकारका उद्योग सर्शत सञ्चालन गर्न दिने सरकारको निर्णय (सूचीसहित)

news-details

लकडाउनको समयावधी थप १० दिन लम्ब्याएर जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गरेको सरकारले यसमा केहि खुकुलो गर्दै अत्यावश्यक उद्योग पनि संचालन गर्न दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रीपरिषद बैठकले खाद्यान्न, औषधी तथा अत्यावश्यक वस्तु उत्पादन गर्नेसहितका विभिन्न ४२ प्रकारका उद्योग वैशाख २६ गतेदेखि सञ्चालनमा ल्याउन दिने निर्णय गरेको हो ।

सामाजिक दूरी कायम गर्ने, मास्क र स्यानिटाइजरको प्रयोग गर्ने जस्ता सुरक्षा अपनाएर उद्योग सञ्चालन गर्न दिने तथा सम्बन्धित उद्योगको पत्रको आधारमा उद्योगका गाडीहरु ढुवानीका लागि गुडन पाउने निर्णय गरिएको बताइएको छ ।

तर यसरी संचालनमा आउने उद्योगहरुमा काम गर्ने कर्मचारी घर जान भने पाउने छैनन । उनीहरुको बसोवास उद्योग परिसर भित्रै या नजिकको सुरक्षित स्थानमा व्यवस्था गरिनुपर्ने र नियमित स्वास्थ्य जाच गरिनुपर्ने प्रावधान राखिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *