एभरेष्ट बैंकको मोबाइल एपमा सुविधै सुविधा

news-details

एभरेष्ट बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘ईबीएल टच २४’ मा नयाँ अद्यावधिक सुविधा थप गरेको छ । बैंकले ग्राहकको सेवा र सुविधालाई ध्यानमा राखी उपलाई थप सुरक्षित, द्रुत र भरपर्दो बनाएको दाबी गरेको छ ।

बैंकको मोबाइल बैंकिङ एपको स्तरोनति भएपछि ग्राहकले यस एपमार्फत् स्वयं मोबाइल बैंकिङ एक्टिभ गरी आफ्नो मोबाइल नम्बर प्रयोग गरेर सहजै लगइन गर्न सक्नेछन् । यसबाट ५० भन्दा बढी बैंकका खातामा रकम ट्रान्सफर, बिजुली, पानीको महसुल, टीभी, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइजहाज, बस तथा सिनेमा टिकटको अनलाइन खरिद गर्न सकिन्छ ।

यसैगरी एक लाखभन्दा बढी मर्चेन्टमा क्यूआर भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । एपमा प्रयोगकर्ताको सहजता र सुरक्षाका लागि, फिङ्गर प्रिन्ट वा फेस रेकग्निसनबाट कारोबार गर्न सकिने भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *