संसरा मनी ट्रान्सफरद्धारा आर्थिक पत्रकारहरुलाई ‘प्रेस ज्याकेट’ प्रदान

news-details

कोरोना संक्रमणको जोखिमकाबीच फिल्डमा समाचार संकलनका लागि खटिइरहेका आर्थिक पत्रकारहरुको आवातजावत सहज बनाउन संसरा मनी ट्रान्सफरले ‘प्रेस ज्याकेट’ प्रदान गरेको छ ।

समाचार संकलनका क्रममा आवतजावत सहज बनाउनका लागि संसरा मनी ट्रान्सफरले आर्थिक पत्रकारहरुको छाता संगठन नेपाल आर्थिक पत्रकार संघ (नाफिज)लाई उक्त प्रेस ज्याकेट र डटपेन हस्तान्तरण गरेको हो ।

विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको संसरा मनी ट्रान्सफरले नेपालभर रहेका आफ्ना ७ हजारभन्दा बढी एजेन्ट तथा विभिन्न बैंक तथा वित्तियसंस्थामार्फत भुक्तानी सेवा दिदै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *