मेगा बैंकका ग्राहकहरुलाई दराजबाट घरघरमै सामान

news-details

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले दराज डटकमबाट सामान खरिदमा विशेष छुट प्राप्त गर्ने भएका छन् ।

लकडाउनको विशेष परिस्थितिलाई ध्यानमा राख्दै मेगा बैंक र दराज डटकमबीच मेगा बैंकका ग्राहकहरुलाई सहज र सुरक्षित रुपमा घरमै सामान पुर्याउने सम्झौता भएको हो ।

सम्झौताअनुसार, मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले दराजबाट सामान खरिदमा १० प्रतिशत छुट पाउने छन् ।

डिजिटल बैंकिङ अन्तरगत नगदबिहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी मेगा बैंकले दराजसँग सम्झौता गरेको हो ।

दराज डटकमको बेभसाइट तथा मोबाइल एप्समार्फत सामान अर्डर गरी घरमै सामान प्राप्त गर्न सकिनेछ । दराजसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रुपमा बिनाझन्झट घरमै बसी सामान खरिद गर्न मेगा बैंकले ग्राहकहरुलाई अनुरोध पनि गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *