नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

news-details

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार दिउसो बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अर्थमन्त्री डा युवराज खतिवडाको संयोजकत्वमा रहेको गभर्नर छनौट सिफारिस समितिले अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र पूर्वसचिव डा राजन खनालको नाम सिफारिस गरेको थियो ।

गभर्नर नियुक्त अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए भने यसअघि राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकास पाएका थिए । अधिकारीसँग राष्ट्र बैंकमा ३ दशक काम गरेको अनुभव छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *