नेपाल राष्ट्र बैंकको गभर्नरका लागि सिवाकोटी, खनाल र अधिकारीको नाम सिफारिस
- चैत्र २४, २०७६
- 0
नेपाल राष्ट्र बैंकको गभर्नरका लागि चिन्तामणि सिवोकाटी, डा राजन खनाल र महाप्रसाद अधिकारीको नाम सिफारिस भएको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले खनाल, अधिकारी र सिवाकोटीको नाम सिफारिस गरेर मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरिएको जनाइएको छ । सम्भवत आजै बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ गर्भनरको टुंगो लगाउन सक्ने स्रोतको दावी छ ।
सिफारिसमा परेकामा सिवाकोटी राष्ट्र बैंकका डेपुटी गभर्नर तथा अहिलेका कामु गभर्नर हुन् भने खनाल अर्थमन्त्रालयका पूर्वसचिव हुन् । यस्तै गानी बोर्डका प्रमुख कार्यकारी अधिकृत रहेका अधिकारी पनि राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् ।
अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिमा पूर्वसचिव कृष्णहरि बास्कोटा र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य छन् ।
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










