नेपाल राष्ट्र बैंकको गभर्नरका लागि सिवाकोटी, खनाल र अधिकारीको नाम सिफारिस

news-details

नेपाल राष्ट्र बैंकको गभर्नरका लागि चिन्तामणि सिवोकाटी, डा राजन खनाल र महाप्रसाद अधिकारीको नाम सिफारिस भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले खनाल, अधिकारी र सिवाकोटीको नाम सिफारिस गरेर मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरिएको जनाइएको छ । सम्भवत आजै बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ गर्भनरको टुंगो लगाउन सक्ने स्रोतको दावी छ ।

सिफारिसमा परेकामा सिवाकोटी राष्ट्र बैंकका डेपुटी गभर्नर तथा अहिलेका कामु गभर्नर हुन् भने खनाल अर्थमन्त्रालयका पूर्वसचिव हुन् । यस्तै गानी बोर्डका प्रमुख कार्यकारी अधिकृत रहेका अधिकारी पनि राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् ।

अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिमा पूर्वसचिव कृष्णहरि बास्कोटा र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *