राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर सिन्धुलीको जिप्रकामा
- चैत्र ७, २०७६
- 0
बागमती प्रदेश सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा न. ६ स्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको २९ औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्रको एक समारोहकाबीच शुभारम्भ गरिएको छ । एक्सटेन्सन काउन्टरको समुद्घाटन जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गरेका हुन ।
शाखा कार्यालय सिन्धुलीमार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ ।
सो अवसरमा शाखा कार्यालय सिन्धुलीका शाखा प्रवन्धक खिलराज भट्टराई, सहायक शाखा प्रबन्धक बिनोद ओझा, जिल्ला प्रशासन कार्यालय सिन्धुलीका कर्मचारीहरुको लगायतको उपस्थिति रहेको थियो ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २३९ वटा शाखा कार्यालय, २९ वटा एक्सटेन्सन काउन्टर, २०५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










