सनराइज बैंक र जिएमइ रेमिट्यान्सबीच सम्झौता

news-details

सनराइज बैंक र जिएमइ रेमिट्यान्सबीच रेमिटयान्स सुविधा प्रदान गर्नेबारे सम्झौता भएको छ।

सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जिएमइ रेमिट्यान्सका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले संयुत्तरुपमा हस्ताक्षर गरे ।

उक्त सम्झौताअनुसार सनराइन बैंकका स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण ग्राहकहरुले सनराइज रेमिट मार्फत पठाएको रकम जिएमइ रेमिट्यान्सका नेपाल अधिराज्यभर रहेका ८ हजार भन्दा बढी एजेन्टबाट छिटो पाउन सकिन्छ ।

सबै ग्राहकले सनराइज रेमिट मार्फत सुरक्षित तरिकाले आफ्नो खातामा रकम पनि पठाउनसक्ने बताइएको छ । हाल सनराइज बैंकले १३० वटा शाखा, ४८ वटा शाखारहित बैंकिङ सेवा, ९ वटा एक्सटेन्सन काउण्टर र १५४ वटा एटिएम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा दिइरहेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *