जुत्ताचप्पलको ठूलो ‘महाकुम्भ जुत्तामेला २०७६’ भृकुटीमण्डपमा शुरु

news-details

स्वदेशी जुत्ताचप्पल प्रवद्र्धन तथा प्रदर्शन गर्दै नेपाली उपभोक्ताबीच आफ्ना उत्पादन विक्रिवितरण गर्ने उद्धेश्यले काठमाण्डौको भृकुटी मण्डपको गेट छिर्ने वितिकैको सानो चौरमा सबैभन्दा ठूलो मेला ‘महाकुम्भ जुत्तामेला २०७६’ शुरु भएको छ । प्रख्यात नेपाली ब्राण्डका एक हजारभन्दा बढि नयाँ नयाँ डिजाइनका जुत्ताचप्पलहरुको मेला फागुन २३ गतेदेखि संचालनमा आएको हो ।

स्वदेशमा उत्पादन भएका बिल्कुलै नयाँ डिजाइनका जुत्ताचप्पलका बारेमा उपभोक्तालाई स्थलगत अवलोकन गराई मेलामा १५ देखि ७५ प्रतिशतसम्म छुट उपलब्ध गराउने आयोजकको आकर्षक अफर छ । ‘मेलामा भर्खरै लन्च गरिएका ३ सय मोडलसहित हजारभन्दा बढि आकर्षक डिजाइनका जुत्ता वारेण्टीसहित ७० प्रतिशत छुटसम्ममा उपलब्ध गराउँछौं’ मेला आयोजक प्रमोद महतोले जानकारी दिए ।

भृकुटीमण्डपमा जुत्तामेला धेरै लाग्ने भएपनि यो महाकुम्भ जुत्तामेला चै सबैभन्दा ठूलो र आकर्षक मेलाका रुपमा चिनिन्छ ।
नेपालका प्रख्यात ब्राण्ड केटिएम सुज, पिजी सुज, बेम्बो सुज, फुटस्टेप सुज, बोस सुज, भेनस सुज, जल्पा सुज, एस लेदरका गुणस्तरीय र स्टाइलिस जुत्ताचप्पल छानी छानी मेलामा किन्न पाइन्छ ।

मेलामा अपत्यारिलो मूल्यमा गुणस्तरीय जुत्ताचप्पल पाइने हुँदा जुत्ता उत्पादक र उपभोक्ताबीच सीधा सम्पर्क हुने अर्का आयोजक जीवन श्रेष्ठले जानकारी दिए ।
स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि महाकुम्भ मेला राखिएको आयोजकको भनाई छ ।

मेला आयोजक श्रेष्ठ भन्छन् –‘ एउटै छानामुनी सबै मोडलका जुत्ताचप्पल छानीछानी किन्न सकिन्छ साथै उपभोक्ताको माग अनुसारका डिजाइन उत्पादन गरेर उपलब्धसमेत गराउँछौ ।’ गुणस्तरीय जुत्ताचप्पल सस्तो मूल्यमा एउटै थलोमा उपलब्ध हुनु नै यो मेलाको आकर्षण पक्ष हो ।

 

उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल उपभोत्ताले छानीछानी किन्न पाउनु साथै हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेकाले नेपालीहरुले स्वदेशी उत्पादनका जुत्ताचप्पल प्रयोग गर्नुहोस् भन्ने आयोजकको लक्ष्य हो ।

नेपाली उपभोक्तालाई विदेशी ब्राण्डको सट्टा स्वदेशी उत्पादनका जुत्ताचप्पल लगाउने वानी बसाल्न तथा नेपालमा नै गुणस्तरीय जुत्ता उत्पादन हुन्छन् भनेर चिनाउन मेला आयोजना गरिएको हो ।

नेपाली सीप र पूँजीको प्रयोगबाट बनेका स्वदेशी जुत्ताहरुले अहिले विदेशी जुत्तालाई विस्थापित गरिरहेका छन् । नेपाली उपभोक्ताले स्वदेशी जुत्तानै खोजी खोजी प्रयोग गर्न थालेका छन् ।

हेर्नुहोस् भिडियो :

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *