सिटी एक्सप्रेस र इएमक्यूबीच रेमिट्यान्स कारोबार सुरु

news-details

ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी इएमक्यू लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु गर्ने सम्झौता भएको छ । यो सम्झौतापछि अब जापान, युएई र जोर्डनमा रहेका नेपालीहरुले इएमक्यूको सेवा प्रयोग गरि सिटी एक्सप्रेसमार्फत सजिलै नेपालमा पैसा पठाउन सक्ने भएका छन ।

इएमक्यूको संजालमार्फत पठाइएको रकम नेपालमा रहेका सिटी एक्सप्रेसमा आबद्ध ७५०० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने सिटी एक्सप्रेसले जानकारी दिएको छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसकोतर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र इएमक्यूको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याक्स एलेक्जेन्डर लिउले हस्ताक्षर गरेका हुन ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्षदेखि विश्वभरि आफ्नो रेमिट एजेन्टहरुबाट ७५०० भन्दा बढि नेपालको एजेन्टहरुमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *