सिटी एक्सप्रेस र खल्तीबिच रेमिट्यान्स सम्झौता

news-details

सिटी एक्सप्रेस मनी ट्रान्सफर र खल्ती डिजिटल वालेटबिच रेमिट्यान्स सम्झौता भएको छ । सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र खल्ती डिजिटल वालेटका निर्देशक अमित अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै रेमिट्यान्स साझेदारी भएको हो ।

सम्झौता अनुसार खल्ती डिजिटल वालेट प्रयोगकर्ताले आफ्नो खल्ती एप्मा भएको रकम आफैले सिटी एक्सप्रेसको नेपाल भरी रहेका पठाउन सक्ने जनाइएको छ । यसका साथै खल्ती डिजिटल वालेटका एजेन्टहरुबाट पनि यो सेवाको लाभ प्राप्त गर्न सक्ने जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

सम्झौतासँगै सिटी एक्सप्रेसका सबै एजेन्टहरुबाट आफ्नो खल्ती डिजिटल वालेट खातामा रकम जम्मा गर्ने सुविधा पनि शुरु हुने जनाइएको छ । नेपालमा डिजिटल च्यानलको प्रयोगको प्रोत्साहनको लागि छिट्टै सिटी एक्सप्रेसको अन्तरराष्ट्रिय एजेन्टहरुबाट पनि सिधै खल्ती डिजिटल वालेट खातामा रकम जम्मा गर्ने सुबिधा शुरु गर्ने बताएको छ ।

सिटी एक्सप्रेसले १३ बर्षदेखि रेमिटान्स क्षेत्रमा आफ्नो ७५ सयभन्दा बढि रेमिट एजेन्ट्हरुबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *