एनसेलले ल्यायो ‘ह्याप्पी आवर अन रिचार्ज’ योजना

news-details

एनसेल प्राइभेट लिमिटेडले ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ। यो अफर अन्तर्गत ग्राहकले १०० र यस भन्दामाथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट प्राप्तगरी यसको फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।

यो अफर यही बिहीबारदेखि लागु हुनेछ । अफर अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले ९९ पैसा प्रति मिनेट (कर सहित १ रुपैयाँ २६ पैसा)मा एनसेल नेटवर्कभित्र कुरा गर्न सक्ने जनाइएको छ ।

भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेबाट दिउँसो ३ बजेभित्रको समयमा लागु हुनेछ। अफरका लागि ग्राहकले एस्टिक् १७१०६ ह्यास् डायल गर्नुपर्ने हुन्छ ।

ग्राहकहरुले १ सयको रिचार्ज गर्दा ९९ पैसा प्रति मिनेट छुटको लाभ ७ दिनका लागि पाउने जनाइएको छ । त्यस्तै २ सय, ३ सय र ५ सय रिचार्ज गर्ने ग्राहकले यो छुटको लाभ क्रमशः १४ दिन, २१ दिन र ३० दिनका लागि लिन सक्नेछन् ।

१ हजार रिचार्ज गर्नेले यो छुटको लाभ रकम रिचार्ज गरेको दिनबाट ६० दिनका लागि पाउनेछन् । एनसेलका अनुसार यो अफर ९० दिनसम्म रहनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *