जिएमइ रेमिट र इन्टेलएक्सप्रेसबीच विप्रेषण सम्झौता

news-details

जिएमइ रेमिट र इन्टेलएक्सप्रेसबीच विप्रेषण सम्बन्धि सम्झौता भएको छ । यो सम्झौतासँगै अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनी इन्टेलएक्सप्रेस मार्फत पठाएको रेमिट्यान्स जिएमइबाट झिक्न सकिनेछ ।

सम्झौतापत्रमा जिएमइ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र इन्टेलएक्सप्रेसको तर्फबाट प्रमुख निर्देशक डेभिड टार्भटकिलाजले हस्ताक्षर गरेका छन् । अन्तर्राष्ट्रिय कम्पनीसँगको सम्झौताले यूके, यूरोप तथा अन्य देशबाट वैधानिक तवरबाट रेमिट्यान्स भित्र्याउन थप सहज हुने अपेक्षा गरिएको छ ।

विश्व बजारमा रेमट्यान्समा अग्रणी रहेको इन्टेलएक्प्रेससँगको सम्झौता पश्चात विश्व भरीबाट पठाएको रकम जि.एम.इ रेमिट को ८ हजारभन्दा बढि एजेन्ट मार्फत भुक्तानी लिन सकिने जनाइएको छ ।

हाल जि.एम.इ रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के, मलेसिया, जापान लगाएत खाडी मुलुकहरुबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *