पद्मोदयमोडमा पुरानो जुत्तासँग नयाँ साट्नेको ओइरो, अफर सकिनै लाग्दा ‘जुत्ता एक्सचेञ्ज मेला’मा भीड

news-details

काठमाडौको पुतलीसडक पद्मोदय मोडमा लागिरहेको ‘जुत्ता एक्सचेञ्ज मेलामा’ पुरानो जुत्तासँग नयाँ जुत्ता साट्नेहरुको भीड बढेको छ । पुरानोसँग नयाँ साट्ने आकर्षक अफर सकिनै लाग्दा उपभोक्ताको चाप बढ्न थालेको हो ।

‘घरमा थन्किएका पुराना जुत्ता तह लगाउने सही ठाउँ रहेछ’ एक्सचेञ्ज मेलामा भेटिएका धुलिखेलका हरि श्रेष्ठले पुरानोसँग नयाँ जुत्ता साटेर लगे ।

काम नलाग्ने वा फ्याक्न लागेका जुत्तासँग नयाँ जुत्ता साट्न पाउँदा उपभोक्ता मख्ख परेर मेलामा पुग्न थालेका छन् । भक्तपुरका विराज चापागाईले त लगाइरहेको पुरानो जुत्ता फुकालेर मेलामा साटेर नयाँ जुत्ता टलक्क टल्काउँदै बाटो लागे । ‘नयाँ जुत्ता किन्न पैसा नपुग्ने थियो, पुरानोसँग साट्ने अफर पाउँदा ठाउँको ठाउँ साटेर नयाँ जुत्ता पो लगाएँ’ उनले मख्ख हुँदै भने ।

मेलामा जुनसुकै ब्राण्डका पुराना जुत्ता ल्याएर नयाँ जुत्ता साट्न पाइनुका साथै प्रत्येक पुरानो जुत्ताको ५ सय रुपैया मुल्यांकन गरेर त्यसमा अझ २५ प्रतिशत छुटसहित नयाँ जुत्ता दिइने थप आकर्षक अफर छ ।

काठमाडौं पुतलीसडकबाट प्रदर्शनीमार्ग तिर मोडिने वित्तिकैको पद्मोदय मोडमा नेपालका प्रख्यात ब्राण्डका जुत्ताहरुको एक्सचेञ्ज मेला अफर सकिन लागेको अयोजकले जानकारी दिएका छन् ।‘ अव हाम्रो एक्सचेञ्ज अफर सकिन लागेको छ, छिटो फाइदा उठाउन अनुरोध गर्दछौ’ आयोजक जीव श्रेष्ठले बताए ।

‘पुराना जुत्ता कस्ले लगाउँछ, नयाँ लगाउन पाएपछि’ जोरपाटीका महेश कार्कीले घरमा भएका पुराना जुत्ता मेलामा ल्याएर नयाँ किन्दै थिए । ‘ कति राम्रो स्किम रहेछ, पुराना जुत्ता पनि तह लाग्ने, नयाँ लगाउन पनि पाइने’ उनी पनि मख्ख थिए ।

नेपाली उपभोक्तालाई नयाँ नयाँ जुत्ता लगाउन प्रेरित गर्नका लागि एक्सचेञ्ज मेला आयोजना गरिएको मेला आयोजक प्रमोद महतोको भनाई छ । ‘यसअघि पनि पटक–पटक यस्ता मेला आयोजना गर्दा उपभोक्ताहरुको व्यापक चासो र भिड देखिएपछि अहिले फेरी विवाहको सिजन तथा जाडोलाई लक्षित गरेर एक्सचेञ्ज मेला आयोजना गरेका हौ’ आयोजक महतोको भनाई छ ।

एक्सचेञ्ज मेलाका लागि नै भनेर जुत्ता कम्पनीले १ सय ५० भन्दा बढि नयाँ र लेटेस्ट डिजाइनका जुत्ता लन्च गरिएको छ । नेपाली उपभोक्तालाई आफ्नो ब्राण्डको जुत्ता लगाउने वानी बसाल्नका लागि यस्तो आकर्षक अफर ल्याएको र जुत्ताको बजार मुल्य अनुसार नै छुट दिइएकाले उपभोक्तालाई फ्याक्ट्रीको उत्पादन लागत भन्दा सस्तो मूल्यमै नयाँ जुत्ता उपलब्ध हुने आयोजक श्रेष्ठको भनाई छ ।

भिडियो हेर्नुहोला 

जुत्ता एक्सचेञ्ज मेलामा केटिएम सुज, भेनस सुज, फुटस्टेप सुजका नयाँ नयाँ डिजाइनका जुत्ता राखिएका छन् । हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको छ । स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि एक्सचेञ्ज मेला सार्थक हुने अर्का आयोजक आरसी केसी बताउँछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *