प्रभु बैंक र एन प्याब्सनबीच बैंकिङ्ग कारोबार गर्ने सम्झौता

news-details

प्रभु बैंक लिमिटेड र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन एन प्याब्सनवीच बैंकिङ्ग कारोबार प्रभु बैंक मार्फत गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रभु बैंक लिमिटेडको प्रधान कार्यालय बबरमहल काठमाडौंमा एक समारोहका वीच सम्पन्न उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एन प्याब्सनका तर्फबाट अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र एन प्याब्सनसँगको सम्पन्न सम्झौता बमोजिम एनप्याब्सनको आधिकारिक बैंक प्रभु बैंक हुनेछ । एनप्याब्सनले आफ्नो सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्फत गर्नेछ ।

एनप्याब्सन अन्तर्गत सदस्यता ग्रहण गरेका निजी क्षेत्रका विद्यालयहरुले पनि आफूलाई पायक पर्ने प्रभु बैंकको जुनसुकै शाखा कार्यालयमा खाता खोली विद्यार्थीबाट संकलन गर्ने शैक्षिक शुल्क बैंक मार्फत नै संकलन गर्न लगायत सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्फत गर्न सक्नेछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *