नेपाल ब्यवस्थापन संघको अध्यक्षमा किरणकुमार श्रेष्ठ निर्वाचित

म्यानको प्रथम उपाध्यक्षमा बमबहादुर मिश्र र द्वितीय उपाध्यक्षमा सुमन पोखरेल निर्वाचित
news-details

नेपाल ब्यवस्थापन संघ (म्यान) को अध्यक्षमा राष्ट्रिय बाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ ब्यक्तिगत तर्फबाट संघमा सदस्य निर्वाचित भएका थिए ।

सदस्यको निर्वाचनपछि कार्यसमितिका पदाधिकारीहरु निर्वाचित गर्ने म्यानको विधान अनुसार श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । संखुवासभा चैनपुरका श्रेष्ठसँग राष्ट्रिय बाणिज्य बैंकसँगै नेपाल बैंकमा लामो समय काम गरेको पनि अनुभव छ ।

म्यानले यस बर्ष उत्कृष्ट ब्यवस्थापकका रुपमा श्रेष्ठलाई सम्मानसमेत गरेको थियो । श्रेष्ठ सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य वैंकमा प्रमुख कार्यकारी अधिकृत भएर आएपछि सबैभन्दा बढि नाफा कमाउने वैंक बनाउन सफल भएका छन् ।

म्यानको प्रथम उपाध्यक्षमा राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र निर्वाचित भएका छन् । उनी संस्थागत सदस्यबाट उपाध्यक्ष निर्वाचित भएका हुन् ।

त्यसैगरी म्यानको द्वितीय उपाध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन् । उनी आइएमइ समूहका प्रमुख कार्यकारी अधिकृत हुन् भने ग्लोबल आइएमइ बैंकको सञ्चालक समिति सदस्य पनि हुन् ।

महासचिवमा कृषि विकास बैंकका धर्मानन्द अवस्थी निर्वाचित भएका छन् भने कोषाध्यक्षमा अनु श्रेष्ठ जोशी निर्वाचित भएकी छिन् । म्यानमा ११ जना ब्यक्तिगतबाट सदस्य छान्ने ब्यवस्था छ । ६ जना संस्थागतबाट छानिन्छन् भने एक जना निवर्तमान अध्यक्ष सदस्य हुने । अर्को एक जना सरकारले मनोनित गरेर पठाउँछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *