आइएमइ ग्रुपका अध्यक्ष ढकाललाई ‘एसियन लिडरसिप अवार्ड’

news-details

आइएम ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ुएसियन लिडरसिप अवार्डु बाट सम्मानित भएका छन् ।

एसियाली व्यवस्थान संघहरुको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स,९आमो० र नेपाल व्यवस्थापन संघद्धारा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई सो सम्मान प्रदान गरेका हुन ।

राष्ट्रिय उद्यमशिलताको विकास गरी नेतृत्वदायी भूमिकामा रहेका र देशको आर्थिक विकास र समृद्धिका लागि व्यावसायको माध्यमबाट महत्वपूर्ण योगदान पुर्याएका एकजना कुशल व्यवस्थापकलाई आमोले यो अवार्ड प्रदान गर्ने गर्दछ । सन् २०२० का लागि नेपालबाट ढकाललाई यो अवार्ड प्रदान गरिएको हो ।

नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमइ बैंक तथा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष ढकाललाई नेपालको व्यावसायिक क्षेत्रमा उनको कुशल, सफल र प्रेरणादायी नेतृत्वका लागि यो अवार्ड प्रदान गरिएको उक्त संस्थाले जनाएको छ ।

अवार्ड प्राप्त भएपछि ढकालले आफूलाई यस अवार्डले आगामी दिनमा कामगर्न अझ उत्साह र प्रेरणा मिलेको प्रतिक्रिया दिए । ‘यो अवार्ड आफूले प्राप्त गरे पनि वास्तवमा नेपालको समग्र निजी क्षेत्रप्रति गरिएको एक सम्मान हो,’ उनले भने ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *