राष्ट्रिय बाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ ‘म्यानेजर अफ दि इयर’बाट सम्मानित

news-details

राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ म्यानेजर अफ दि इयर–२०१९ बाट सम्मानित भएका छन् । नेपाल व्यवस्थापक संघले उनलाई आज एक कार्यक्रमकाबीच सन् २०१९ को उत्कृष्ट म्यानेजरको रुपमा सम्मान गरेको हो । कार्यक्रममा उपराष्ट्रपति नन्द किशोर पुनले श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेका हुन् ।

बैंकिङ क्षेत्रमा तीन दशकभन्दा बढी विताईसकेका श्रेष्ठले पछिल्लो समय सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकलाई उत्कृष्ट बनाउन उल्लेखनीय भुमिका निर्वाह गरेका छन् । जसका कारण बैंक निक्षेप तथा कर्जा परिचालन, खराव कर्जा उठौती तथा नाफाका हिसावले सबैभन्दा उत्कृष्ठ भएको छ ।

यसैगरी मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँजेलीलाई वुमन म्यानेजर रिकोनाईजेशन अवार्ड–२०१९ बाट सम्मान गरिएको छ । बाणिज्य बैंकको पहिलो महिला सीईओ खुँजेलीलाई सफल रुपमा मेगा बैंक हाक्न सफल भएको भन्दै रिकोनाईजेशन अवार्डबाट सम्मानित गरेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *