आइएमई ट्राभलको २४औँ वार्षिकोत्सवमा आकर्षक अफर

news-details

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभल्सले आफ्नो २४ औं वार्षिकोत्सवको अवसरमा आफ्ना सेवाग्राहीहरुका लागि आकर्षक अफर ल्याएको छ । सेवाग्राहीमुखी योजना सार्वजनिक गर्दै आइएमई ट्राभलले आफ्नो २४औँ वार्षिकोत्सव आफ्नै केन्द्रीय कार्यालय लाजिम्पाटमा मनाएको छ ।

सेवाग्राहीमुखी योजना अन्तर्गत आइएमई ट्राभल्सबाट टुर प्याकेज खरिद गरी यात्रा गर्ने १ जनालाई गोला प्रथाबाट छनोट गरी चन्द्रगिरि रिसोर्टमा एक रात खाने–बस्ने सहितको सुबिधा निशुल्क उपलब्ध गराउनुका साथै हवाइ टिकट खरिद गर्ने मध्येबाट १ जनालाई सोही अनुरुप छनोट गरी माउन्टेन फ्लाइटको टिकट निशुल्क उपल्ब्ध गराइने जनाइएको छ । उक्त योजना यहीं फेब्रुअरीदेखि अप्रिलभर ३ महिनाका लागि लागु हुने आइएमई ट्राभलले जानकारी दिएको छ ।

नेपालको पुरानो ट्राभल एजेन्सीका रुपमा चिनिएको आइएमई ट्राभलले २४औं वार्षिकोत्सवको अवसरमा केक काटेर मनाएको छ । आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन विकासमा आइएमई ट्राभलले नयाँ इटा थप्ने जानकारी दिए । उनले भने–‘ नेपालको समग्र बिकासको मेरुदण्डको रुपमा रहेको पर्यटन उद्योग र यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण व्यबसायीले नेपाल पर्यटन वर्ष सफल बनाउन अझ बिशेष भूमिका खेल्न आग्रह गर्दछु ।’

आन्तरिक पर्यटनको प्रवद्र्घन र बिकासका लागि बिभिन्न कार्यक्रमहरू संचालन गर्दै सामाजिक उत्तरदायित्वको भाबनाका साथ आगामी बढ्ने आइएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले जानकारी दिए ।

ओमानको बजेट एयर सलाम एयर नेपाल ल्याएको आइएमई ट्राभल्सले पछिल्लो समय आक्रामक भएर बजारमा आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *