जन्मदिनमा चन्द्रागिरि केवलकारले निःशुल्क टिकट दिदै

news-details

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरिमा जानको लागि चन्द्रागिरि केवलकारले अब जन्मदिन पारेर आउने कोहीपनी पर्यटकलाई निःशुल्क केवलकारको टिकट दिने भएको छ ।

भ्रमण वर्षको अवसर पारेर आन्तरिक तथा बाह्य पर्यटकलाई प्रर्वद्धन गर्ने हेतुले जन्मदिनको अवसरमा निःशुल्क केवलकार सेवा प्रदान गर्न लागेको कम्पनीले जनाएको छ ।

जन्मदिनको अवसरमा चन्द्रागिरि भ्रमणमा प्रोत्साहन गर्ने र जन्मदिनलाई विशेष बनाउने उद्देश्यले सो योजना ल्याइएको चन्द्रागिरि केवलकारले जनाएको छ । चन्द्रागिरिमा भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार अवलोकन गर्न पाइन्छ ।

योजना अन्र्तगतको सेवा लिन पर्यटकले जन्मदिन खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनु पर्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *