जन्मदिनमा चन्द्रागिरि केवलकारले निःशुल्क टिकट दिदै
- माघ २१, २०७६
- 0

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरिमा जानको लागि चन्द्रागिरि केवलकारले अब जन्मदिन पारेर आउने कोहीपनी पर्यटकलाई निःशुल्क केवलकारको टिकट दिने भएको छ ।
भ्रमण वर्षको अवसर पारेर आन्तरिक तथा बाह्य पर्यटकलाई प्रर्वद्धन गर्ने हेतुले जन्मदिनको अवसरमा निःशुल्क केवलकार सेवा प्रदान गर्न लागेको कम्पनीले जनाएको छ ।
जन्मदिनको अवसरमा चन्द्रागिरि भ्रमणमा प्रोत्साहन गर्ने र जन्मदिनलाई विशेष बनाउने उद्देश्यले सो योजना ल्याइएको चन्द्रागिरि केवलकारले जनाएको छ । चन्द्रागिरिमा भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार अवलोकन गर्न पाइन्छ ।
योजना अन्र्तगतको सेवा लिन पर्यटकले जन्मदिन खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनु पर्ने कम्पनीले जनाएको छ ।
0 प्रतिक्रिया
त्रिकोणात्मक टी–२० : पहिलो खेलमा आज नेपाल नेदरल्यान्ड्ससँग खेल्ने

त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ । सोमबार स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न […]
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ७९ औँ बैठक आज बस्दैछ । बैठक सोमबार दिनको १ बजे समितिको […]
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक सोमबार बस्दैछ । बैठक आज बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो । […]
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भू-भागमा वर्षा हुने

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी […]
बढ्यो पेट्रोल र डिजेलको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएपछि नेपालमा पनि निगमले समायोजन […]