रञ्जना व्यापार संघको तेश्रो अधिबेशन सम्पन्न, अध्यक्षमा श्रेष्ठ
- रोजगारमञ्च
- माघ १६, २०७६
- 0
रञ्जना ब्यापार संघको तेश्रो अधिबेशन तथा पाँचौं साधारणसभाले धिरज श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
संघको बुधवार राजधानीमा सम्पन्न अबिधेशन तथा साधारणसभाको उद्घाटन प्रमुख अतिथि तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गर्नुभयो । संघका अध्यक्ष अञ्जन शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा साना व्यापारी तथा व्यवसायीहरुको पक्षमा सहभागीहरुले बोल्नुभएको थियो ।
कार्यक्रमलाई संवोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले काठमाडौंको न्युरोड आयात तथा होलसेल बजारको व्यापारीक हव भएको बताउनुभयो । उहाँले अर्थतन्त्रको विकासका लागि व्यपार आवश्यक भएकाले यस क्षेत्रका समस्या समाधान गर्न सरकार लाग्नु पर्ने बताउनुभयो ।
संघका निवर्तमान अध्यक्ष अञ्जन शाक्यले आयतित सामानको होलसेल बजारका रुपमा २०७१ सालमा स्थापना भएको संघले धेरै काम गरिसकेको बताउनुभयो । उहाँले आयात ब्यापारमा सरकारले कडाई गरेर साना तथा मझौला व्यवसायीलाई समस्यामा पारेको औल्याउनुभयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष नरेन्द्र श्रेष्ठ, हिमालय सीमापार वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अशोक श्रेष्ठ, उद्योग बाणिज्य व्यापार महासंघकी अध्यक्ष कमला गुरुङ, नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाललयातले व्यवसायीहरुले भोग्नु परेका समस्याका बारेमा बोल्नुभएको थियो ।
नव निर्वाचित अध्यक्ष धिरज श्रेष्ठले संघले सबै व्यवसायीहरुलाई मिलाएर अगाडि लैजाने र सरकारी काममा संघले आवाज उठाउने बताउनु भयो ।
रन्जना व्यापार संघका नयाँ कार्यसमिति
अध्यक्ष– धिरज श्रेष्ठ
उपाध्यक्ष –विना श्रेष्ठ, विनयकुमार अग्रवाल, विशाल गौतम, दिपेन्द्र क्षेत्री
महासचिव–रामकुमार तिमिल्सिना
सचिव– नरेन्द्रमान श्रेष्ठ, हरिप्रसाद पाण्डे
सहसचिव– सन्तोष अधिकारी
कोषाध्यक्ष–पुर्ण ब. कार्की
सह–कोषाध्यक्ष– मुरारी तिमिल्सिना
सदस्य–किशोर श्रेष्ठ, आशा मिण्डा, बसन्त फुंयाल, गोबिन्द निरौला, एम कुमार श्रेष्ठ ९सुन्दर०,प्रविन कुमार लामा, हेमा धमला, प्रकाश तामाङ्ग, मदनराज अर्याल, समिर यादव



















