पद्मोदयमोड जुत्ता एक्सचेञ्ज मेलामा पुरानोसँग नयाँ साट्नेको भीड

प्रत्येक पुरानो जुत्ताको ५ सय रुपैयासहित २५ प्रतिशत छुटको आकर्षक अफर
news-details

पुरानो जुत्तासँग नयाँ जुत्ता साट्ने आकर्षक अफरसहित काठमाडौको पुतलीसडक पद्मोदय मोडमा लागिरहेको ‘जुत्ता एक्सचेञ्ज मेलामा’ उपभोक्ताको चाप बढ्न थालेको छ ।

काम नलाग्ने वा फ्याक्न लागेका जुत्तासँग नयाँ जुत्ता साट्न पाउँदा उपभोक्ता मख्ख परेर मेलामा पुग्न थालेका छन् । भक्तपुरका विराज चापागाईले त लगाइरहेको पुरानो जुत्ता फुकालेर मेलामा साटेर नयाँ जुत्ता टलक्क टल्काउँदै हिडे । ‘नयाँ जुत्ता किन्न पैसा नपुग्ने थियो, पुरानोसँग साट्ने अफर पाउँदा ठाउँको ठाउँ साटेर नयाँ जुत्ता पो लगाएँ’ उनले मख्ख हुँदै भने ।

काठमाडौं पुतलीसडकबाट प्रदर्शनीमार्ग तिर मोडिने वित्तिकैको पद्मोदय मोडमा नेपालका प्रख्यात ब्राण्डका जुत्ताहरुको यही माघ १ गतेबाट एक्सचेञ्ज मेला लागेको हो ।
मेलामा जुनसुकै ब्राण्डका पुराना जुत्ता ल्याएर नयाँ जुत्ता साट्न पाइनुका साथै प्रत्येक पुरानो जुत्ताको ५ सय रुपैया मुल्यांकन गरेर त्यसमा अझ २५ प्रतिशत छुटसहित नयाँ जुत्ता दिइने थप आकर्षक अफर छ ।

‘पुराना जुत्ता कस्ले लगाउँछ, नयाँ लगाउन पाएपछि’ जोरपाटीका महेश कार्कीले घरमा भएका पुराना जुत्ता मेलामा ल्याएर नयाँ किन्दै थिए । ‘ कति राम्रो स्किम रहेछ, पुराना जुत्ता पनि तह लाग्ने, नयाँ लगाउन पनि पाइने’ उनी पनि मख्ख थिए ।

नेपाली उपभोक्तालाई नयाँ नयाँ जुत्ता लगाउन प्रेरित गर्नका लागि एक्सचेञ्ज मेला आयोजना गरिएको मेला आयोजक प्रमोद महतोको भनाई छ । ‘यसअघि पनि पटक–पटक यस्ता मेला आयोजना गर्दा उपभोक्ताहरुको व्यापक चासो र भिड देखिएपछि अहिले फेरी विवाहको सिजन तथा जाडोलाई लक्षित गरेर एक्सचेञ्ज मेला आयोजना गरेका हौ’ आयोजक महतोको भनाई छ ।

एक्सचेञ्ज मेलाका लागि नै भनेर जुत्ता कम्पनीले १ सय ५० भन्दा बढि नयाँ र लेटेस्ट डिजाइनका जुत्ता लन्च गरिएको छ । नेपाली उपभोक्तालाई आफ्नो ब्राण्डको जुत्ता लगाउने वानी बसाल्नका लागि यस्तो आकर्षक अफर ल्याएको र जुत्ताको बजार मुल्य अनुसार नै छुट दिइएकाले उपभोक्तालाई फ्याक्ट्रीको उत्पादन लागत भन्दा सस्तो मूल्यमै नयाँ जुत्ता उपलब्ध हुने आयोजक जीवन श्रेष्ठको भनाई छ ।

 

भिडियो हेर्नुहोला :

जुत्ता एक्सचेञ्ज मेलामा केटिएम सुज, भेनस सुज, फुटस्टेप सुजका नयाँ नयाँ डिजाइनका जुत्ता राखिएका छन् । हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको छ । स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि एक्सचेञ्ज मेला सार्थक हुने अर्का आयोजक आरसी केसी बताउँछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *