राष्ट्रिय वाणिज्य बैंक ५५ औं वर्षमा, विभिन्न कार्यक्रम आयोजना गरी बार्षिकोत्सव मनायो

news-details

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५५ औं वार्षिकोत्सव समारोह अर्थमन्त्री डायुवराज खतिवडाको प्रमुख आथित्यतामा शुक्रवार सम्पन्न भएको छ । सो अवसरमा अर्थमन्त्री डा.  खतिवडाले सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले राम्रो प्रगति गरिरहेको र आगामी दिनमा अन्य बैंकहरुसँग बलियो प्रतिस्पर्धीको रुपमा अघि बढनुनुपर्ने बताउनुभयो ।

बार्षिकोत्सव समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले नेपालको आर्थिक विकासमा राष्ट्रिय वाणिज्य बैंकले खेलेको भूमिकाको सराहना गर्दै यो बैंक नेपालका अन्य वाणिज्य बैंकहरुको तुलनामा अग्रणी रहेको बताउनुभयो ।

बैंकका संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि चालिएको कदमले बैंकका वित्तीय अवस्था, कार्यपद्धती र सेवाको गुणस्तरमा सुधार भएको बताउनुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउनुभएको थियो । उहांले २०७६ पुस मसान्तसम्म बैंकले १ खर्ब ९७ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब रुपैंया कर्जा लगानी गरेको जानकारी गराउनुहुदै बैैंकले यस अवधिमा खुद मुनाफा २ अर्ब ५ करोड रुपैंया गरेको बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकलाई आधुनिकिकरण गर्ने कामदेखि हिसाब मिलानका कामहरु कार्यदल नै बनाएर राफसाफ गर्ने गरी काम अगाडि बढाएको समेत जानकारी दिनुभएको थियो ।

कार्यक्रममा बैंकमा क्रियाशिल तीन वटै ट्रेड यूनियनका अध्यक्षहरुले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

आज भन्दा ५५ वर्ष अघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पु¥याउने उद्धेश्यका साथ स्थापना भएको यो वैंक देशको सातैवटा प्रदेशमा ७७ वटै जिल्लामा पुग्ने पहिलो बाणिज्य बैंक हो । हाल देशभर बैंकका २३८ वटा शाखा कार्यालय, २०५ वटा ए।टि।एम, २८ स्थानमा एक्सटेन्सन काउण्टर, ९३ स्थानमा शाखारहित बैंकिंग सेवा संचालनमा रहेका छन् ।कार्यक्रममा बैंकको ५५ औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क उपहार २०७६ विमोचन गरिएको थियो । कार्यक्रममा बैंकको सर्वोत्कृष्ठरउत्कुष्ट कार्य सम्पादन गर्ने शाखा कार्यालयहरुको नाम घोषणा, सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी घोषणा, कर्मचारी सम्मान कार्यक्रम, बैंकमा २० वर्ष सेवा पुरा गरेका कर्मचारीहरुलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो ।

५५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान, प्रभातफेरी, विभिन्न खेलकुद कार्यक्रमहरु केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा शाखा कार्यालयहरुमा संचालन भएका थिए ।

कार्यक्रममा शेयरधनिहरु, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकशरु, बैंक संचालक समितिका सदस्यहरु, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, कर्मचारी संचय कोषका कोष प्रशासक तुलसी गौतम, नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपाल, रावा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्धय कबिराज अधिकारीे र केशवप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरु टेकराज जोशी र महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको भब्य उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *