राष्ट्र बैंकले ४० करोडको ‘वैदेशिक रोजगार बचतपत्र’ निष्कासन गर्‍यो, ३ महिनासम्म विक्रि खुल्ला रहने

news-details

नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र २०८१ को निष्कासन गर्दै बिक्रि सुरु गरेको छ । राष्ट्र बैंकले ४० करोडको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेर माघ १० गतेदेखि चैत्र २१ गतेसम्म् यसको बिक्रि खुल्ला रहने जानकारी दिएको छ ।

यस आर्थिक वर्षमा राष्ट्र बैंकले दोश्रो पटक वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको हो । यसअघि राष्ट्र बैंकले २० करोडको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको थियो ।

१० प्रतिशत व्याजदर पाइने यस बचतपत्रको व्याज किनेकै दिनबाट पाइने र ब्याज रकम प्रत्येक ६-६ महिनामा भुक्तानी राष्ट्र बैंकले जानकारी दिएको छ । यसको सावा भुक्तानी भने २०८१ मा हुनेछ । यो बचतपत्र धितो राखेर बैंकबाट कर्जासमेत लिन सकिन्छ । घटिमा १० हजार र बढिमा १० हजारले भाग गर्दा शेष भाग जाने गरी बचतपत्रका लागि आवेदन दिन सकिने छ ।

वैदेशिक रोजगारीमा रहेका वा रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक, गैरआवासीय नेपाली वा उनीहरुका परिवारको सदस्यहरूले यो बचतपत्र खरिद गर्न सक्नेछन् ।

बचतपत्र किन्न पासपोर्ट, भिसा, कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र र दुई प्रति फोटो चाहिन्छ । बचतपत्र किन्नका लागि सिटिजन्स बैंक, नबिल बैंक, माछापुच्छे, प्रभु, सनराइज, सिद्धार्थ, सानिमा र सेन्चुरी बैंकमार्फत फारम बुझाउन सकिन्छ ।

यस्तै, प्रभु मनी ट्रान्सफर, सेवा रेमिट र सिटी एक्सप्रेसबाट पनि बचतपत्र खरिदका लागि आवेदन बुझाउन सकिने राष्ट्र बैंकले जनाएको छ ।

यसअघि पनि पटक पटक निष्कासन गरिएको वैदेशिक रोजगार बचतपत्रमा खासै आकर्षण बढन सकेको भने छैन । राष्ट्र बैंकले अझ आकर्षक प्रतिफल दिएर यसबारे जनचेतना फैलाउन सके यस्तो बचतपत्र ठुलो मात्रामा बिक्रि हुने देखिन्छ ।

हेर्नुहोस राष्ट्र बैंकको सूचना

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *