पद्मोदय जुत्ता एक्सचेन्ज मेला : पुरानोसँग नयाँ जुत्ता साट्ने होइन !

news-details

 

पुरानो जुत्तासँग नयाँ जुत्ता साट्ने आकर्षक अफरसहित काठमाडौको पुतलीसडक पद्मोदय मोडमा ‘जुत्ता एक्सचेञ्ज मेला’ सुरु भएको छ । नेपालका प्रख्यात ब्राण्डका जुत्ताहरुको यही माघ १ गतेबाट एक्सचेञ्ज मेला सुरु भएको हो ।

काठमाडौं पुतलीसडकबाट प्रदर्शनीमार्ग तिर मोडिने वित्तिकैको पद्मोदय मोडमा लागिरहेको ‘पद्मोदय जुत्ता एक्सचेञ्ज मेलामा’ जुनसुकै ब्राण्डका पुराना जुत्ता ल्याएर नयाँ जुत्ता साट्न पाइनुका साथै प्रत्येक पुरानो जुत्ताको ५ सय रुपैया मुल्यांकन गरेर त्यसमा अझ २५ प्रतिशत छुटसहित नयाँ जुत्ता दिइने थप आकर्षक अफर छ ।

नेपाली उपभोक्तालाई नयाँ नयाँ जुत्ता लगाउन प्रेरित गर्नका लागि एक्सचेञ्ज मेला आयोजना गरिएको मेला आयोजक प्रमोद महतोको भनाई छ । ‘यसअघि पनि पटक–पटक यस्ता मेला आयोजना गर्दा उपभोक्ताहरुको व्यापक चासो र भिड देखिएपछि अहिले फेरी विवाहको सिजन तथा जाडोलाई लक्षित गरेर एक्सचेञ्ज मेला आयोजना गरेका हौ’ महतोले भने ।

एक्सचेञ्ज मेलाका लागि नै भनेर जुत्ता कम्पनीले १ सय ५० भन्दा बढि नयाँ र लेटेस्ट डिजाइनका जुत्ता लन्च गरिएको आयोजकको भनाई छ । नेपाली उपभोक्तालाई आफ्नो ब्राण्डको जुत्ता लगाउने वानी बसाल्नका लागि यस्तो आकर्षक अफर ल्याएको र जुत्ताको बजार मुल्य अनुसार नै छुट दिइएकाले उपभोक्तालाई फ्याक्ट्रीको उत्पादन लागत भन्दा सस्तो मूल्यमै नयाँ जुत्ता उपलब्ध हुने आयोजक जीवन श्रेष्ठको दावी छ ।

भिडियो हेर्नुहोला :

जुत्ता एक्सचेञ्ज मेलामा केटिएम सुज, भेनस सुज, फुटस्टेप सुजका नयाँ नयाँ डिजाइनका जुत्ता राखिएका छन् । हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको छ । स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि एक्सचेञ्ज मेला सार्थक हुने अर्का आयोजक आरसी केसीको भनाई छ ।

पद्मोदय मोडको स्थायी शोरुपमा नै मेला आयोजना गर्दा उपभोक्तालाई थप सजिलो हुने आयोजकको भनाई छ । अर्को तर्फ पुरानो जुत्ता रिसाइक्लिङ गरेर प्रयोगमा ल्याइने भएकाले उपभोक्ताले घरमा पुरानो जुत्ता त्यत्तिकै नफ्याक्न आयोजकको अपील छ ।

नेपाली सीप र पूँजीको प्रयोगबाट बनेका स्वदेशी जुत्ताहरुले अहिले विदेशी जुत्तालाई विस्थापित गरिरहेका छन् । नेपाली उपभोक्ताले स्वदेशी जुत्तानै खोजी खोजी प्रयोग गर्न थालेका छन् । त्यही भएर आयोजकले एक पटक पद्मोदय मोडमा लागेको एक्सचेञ्ज मेला अवलोकन गर्नका लागि आह्वान गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *