नाट्टा निर्वाचन : मिहिका धाख्वा, अच्यूत गुरागाईं र भीम प्रसाद पन्त समूह भिड्दै

news-details

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) आगामी माघ ३ गते हुने महाधिबेशन तथा निर्वाचनमा तीन समूहले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । नेतृत्वका लागि अध्यक्षकी उम्मेद्वार मिहिका शाह धाख्वाको प्यानल,  अच्यूत गुरागाईंको प्यानल र भीम प्रसाद पन्तको समूहले आफ्ना प्रतिवद्धतासहित उम्मेदवार सार्वजनिक गरिसकेका छन् ।

अघिल्लो निर्वाचनमा अध्यक्ष पदकै उम्मेदवार रहेकी मिहिकाले झिनो मतले पराजय भोगेपनि निरन्तर व्यवसायीको हकहितमा लागिरहेकी छिन् । मिहिका समूहले आइतबार पत्रकार सम्मेलन गर्दै ‘समृद्ध नाट्टा,परिवर्तनका लागि एकता’ भन्दै आफ्ना प्रतिवद्धता र उम्मेदवार सार्वजनिक गरेको छ ।

मिहिका समूहको बरिष्ठ उपाध्यक्षमा नारायण गुरुङ कोने, उपाध्यक्षमा रमेश थापा, महासचिवमा कमला गुरुङ, सचिबमा अमृत ढकाल, कोषाध्यक्षमा देबकी गुरुङ र सह–कोषाध्यक्षमा फूदोमा शेर्पा रहेका छन । त्यस्तै कार्यसमिति सदस्यहरुमा बिजय राई, सुजिता गजमेर, बिष्णु बस्नेत, सुवास महर्जन, सागर अधिकारी, भरतजंग पाण्डे, श्रृजना महर्जन र राजकुमार देबकोटा रहेका छन ।

धाख्वा समुहको प्रतिवद्धता पत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई चौविसै घण्टा खुला गर्न सरकारलाई दवाव दिने, नाट्टा टुरिजम रिसर्च सेन्टर खोल्ने, नेपाल भ्रमण वर्ष २०२० लाई सफल वनाउन फ्रि भिसा लागु गर्न पहल गर्ने,पर्यटन सुचना केन्द्र स्थापना गर्न पहल गर्ने, पर्यटन व्यवसायीका हकहितमा काम गर्नेलगायतका छन् ।

त्यसैगरी अध्यक्षका उम्मेद्वार अच्यूत गुरागाईं समुहले गत शुक्रवार नै उम्मेद्वार परिचयात्मक कार्यक्रम गरि आफ्नो प्रतिवद्धता सार्वजनिक गरेको छ । अध्यक्षका प्रत्यासी गुरागाईंले आफु नाट्टाको नेतृत्व लिन चाहेको बताउँदै आफ्नो व्यवसायिक समूहलाई विजयी गराउन अनुरोध गरे । गुरागाईं समुहले १३ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।

गुरागाईं समुहको बरिष्ठ उपाध्यक्षमा हेमराज बास्तोला (तारा), उपाध्यक्षमा यज्ञमुर्ति आचार्य, महासचिवमा राकेश धमला, सचिवमा गोबिन्द दाहाल, कोषाध्यक्षमा कुमारमणि थपलिया र सह–कोषाध्यक्षमा पासाङ दावा शेर्पा रहेका छन । यस्तै कार्यसमिति सदस्यहरुमा परशुराम घिमिरे, नमराज भेटुवाल र रमेश थापा रहेका छन ।

पन्त समुहको बरिष्ठ उपाध्यक्षमा विनय वस्नेत, उपाध्यक्षमा बरुण मेहता, महासचिवमा सुधिर कुमार उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा हरिभक्त श्रेष्ठ, सह–कोषाध्यक्षमा युविका भण्डारीले मनोनयन दर्ता गरेका छन । त्यस्तै सदस्यहरुमा लक्ष्मि कार्की अधिकारी,गीता ढकाल (रेजु),सुवर्ण श्रेष्ठ, रामशोभित नायक र हरिकुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा र चुडा वहादुर जिम्बाले मनोनयन दर्ता गरेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *