सिटी एक्सप्रेसको बम्पर विजेता बन्दै जागेश्वरले जिते १० लाख

news-details

सिटी एक्सप्रेस मनी ट्रान्सफरले सञ्चालन गरेको प्रवर्द्धनात्मक कार्यक्रम ‘लखपति एक्सप्रेस २०७६– न यति न उति सीधै लखपति’ योजना अन्तर्गत जागेश्वर भुस्कुलिया यादवले १० लाख रुपैयाँ जितेका छन् । योजना अन्तर्गत साउदी अरबको अरब नेसनल बैंक– टेलिमनीबाट पैसा पठाएका यादवले बम्पर उपहार जितेका हुन् ।

सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा आयोजित एक कार्यक्रमबीच सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द टन्डनले लक्की ड्रमार्फत विजेता घोषणा गरेको कम्पनीले जनाएको छ । १ असोजदेखि ३० मंसिरसम्म सञ्चालित योजना अवधिभर दैनिक उपहारअन्तर्गत ९ सयले २ सय रुपैयाँको मोबाइल टपअप, साप्ताहिक रूपमा १२ जना विजेताले १० हजार रुपैयाँ नगद र ३ जनाले १ लाख रुपैयाँको दरले नगद पुरस्कार प्राप्त गरिसकेको कम्पनीले जनाएको छ । सबै उपहारका लागि विद्युतीय लक्की ड्रमार्फत विजेता छनोट गरिएको थियो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्ना उपभोक्ताका लागि दसैँ, तिहार र छठलाई लक्षित गरी ‘लखपति एक्सप्रेस २०७६– न यति न उति सीधै लखपति’ योजनाको आयोजना गरेको थियो । योजना अवधिभर सिटी एक्सप्रेसमार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही उपहार योजनामा सहभागी भएको कम्पनीले जनाएको छ । सिटी एक्सप्रेसले विगत १३ वर्षदेखि विश्वभर आफ्नो रेमिट एजेन्टमार्फत ल्याएको रकम ७ हजार ५ सयभन्दा बढी नेपालका एजेन्टमार्फत भुक्तानी गर्दै आएको दाबी गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *