‘भृकुटीमण्डप जुत्ता सेल मेला’ शनिवार सकिदै, सस्तो पाएपछि उपभोक्ता मख्ख

news-details

स्वदेशी उत्पादनका प्रख्यात ब्राण्डका जुत्ताचप्पलको भृकुटीमण्डपको ठूलो चौरमा चलिरहेको ‘ भृकुटीमण्डप जुत्ता सेल मेला’ शनिवार सकिने भएको छ । मेलामा अपत्यारिलो छुट पाइएकाले उपभोक्ताको चाप दिनप्रतिदिन बढेको छ ।

चर्चित स्वदेशी ब्राण्डका उत्पादनहरूको लोकप्रियता बढेसँगै एकदमै सस्तो पाइएपछि मेलामा जुत्ताचप्पल किन्नेहरुको भीड नै लाग्न थालेको छ । ख्यातिप्राप्त नेपाली ब्राण्डका गुणस्तरीय, बलिया, आकर्षक र फ्रेस जुत्ताचप्पलहरू उत्पादन मूल्यभन्दा सस्तो मेलामा उपलब्ध गराइएपछि मेलामा दैनिक हजारौंको भीड लाग्ने गरेको छ ।


एक हजारभन्दा बढी विभिन्न आकर्षक मोडलका जुत्ताचप्पलहरू उपलब्ध गराइएको जुत्ता सेल मेलामा सर्वसाधारणमात्र नभएर, कर्मचारी, विद्यार्थी, नेता, सेलिबे्रटी कलाकारहरुको समेत उपस्थितिले मेला आयोजक दंग छन् ।

‘अहिलेसम्म मानिसलाई सेल मेला भन्नेबित्तिकै पुराना, डेट एक्स्पाएर भइसकेका, सड्न लागेका जुत्ताहरु कटाउने थलो  भन्ने भ्रम थियो । तर हामीले त्यो भ्रम चिरेका छौं । हामीले तत्काल उत्पादन गरेका पूर्णरुपमा फ्रेस जुत्ता उत्पादन लागतमै उपलब्ध गराएका छौं’ जुत्ता सेल मेला आयोजक प्रमोद महतोले भने ।

हेर्नुहोस भिडियो रिपोर्ट :


एक हजारमा दुई जोर जुत्ता पाएपछि भक्तपुरका धर्म सुवेदीले ४ जोर जुत्ता किने । उनी मख्ख हुँदै भन्छन्–‘ अरुबेला एकजोर किन्ने पैसाले अहिले चार जोर आयो । ’ कतिपय जुत्तामा त ७५ प्रतिशतसम्म छुट दिएको आयोजकले बताएका छन् ।

नेपालका प्रख्यात ब्राण्ड पिजी सुज, बेम्बो सुज, फुटस्टेप सुज, बोस सुज, भेनस सुज र केटिएम सुजका गुणस्तरीय र स्टाइलिस जुत्ताचप्पल मेलामा उपलब्ध छन् । मेलामा पार्टी सुजहरू र जाडोका लागि नयाँ डिजाइनका गुणस्तरीय जुत्ता पनि उपलब्ध गराइएको छ ।

‘सस्तो मात्र होइन,जुत्तामा ६ महिनाको वारेन्टीसमेत उपलब्ध गराइएको छ’ अर्का आयोजक जीवन श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने– हामीले ‘स्टक क्लियरेन्स’का लागि सेल मेलाको आयोजना गरेका होइनौं । हाम्रो उद्देश्य भनेको हरेक नेपालीको खुट्टामा गुणस्तरीय स्वदेशी जुत्ता आफूले सोचेकै मूल्यमा खरिद गर्न सहज होस् भनेर विभिन्न आठवटा कम्पनी मिलेर यो मेलाको आयोजना गरेका हौं । हामीले मेलामा आउनुहुने सबै ग्राहकहरु पूर्ण सन्तुष्ट बनाएर पठाएका छौं ।’

आयोजकले शनिवारसम्म मेला संचालन गर्ने भएकाले छिटो आफ्नो प्रति सुरक्षित गर्न आग्रह गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *