सुनको मूल्यले राख्यो अहिलेसम्मकै नयाँ रेकर्ड, तोलाको ७६ हजार पुग्‍यो

news-details

नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै नयाँ रेकर्ड कायम गरेको छ । सोमबार अहिलेसम्मकै महँगो मुल्यमा कारोवार भएको सुनले प्रतितोला ७६ हजारको कीर्तिमानी मूल्य कायम गरेको हो ।

आइतबार तोलाको ७५ हजार ५०० मा कारोवार भएको सुनको मूल्य सोमबार ५ सय बढेर ७६ हजार कायम भएको हो । यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ५ सय बढेर ७५ हजार ७०० मा कारोबार भएको छ ।

यस्तै सोमबार चाँदीको पनि तोलामा २० रुपैयाँ बढेर ९२० रुपैयाँमा कारोबार भएको छ । पछिल्लो समय सुनको मूल्यमा भारी वृद्धी भइरहेको । विश्वबजारको प्रभावका कारण नेपाली बजारमा सुनको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *