हिमालयन बैंकको काउन्टर शहिद गंगालाल हृदय रोग केन्द्रमा

news-details

हिमालयन बैंक लिमिटेडले काठमाडौ बाँसबारीस्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा आफ्नो विस्तारित काउन्टर सुविधा सुरु गरेको छ ।

उक्त काउन्टरको सुरुआत बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा र गंगालाल हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले एक समारोहकाबीच संयुक्त रुपमा गरे ।

समारोहमा महाराजगंज शाखाका प्रमुख अभयबहादुर शाह, बैंक तथा अस्पातालका कार्मचारीहरुको उपस्थिति थियो ।

सो काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरुमा बिहान १०ः०० बजेदेखि अपरान्ह ३ बजेसम्म नगद तथा चेकबाट कारोबार गर्न सकिनेछ। साथै उक्त काउन्टरबाट कुनै पनि व्यक्तिले हिमालयन बैंकमा विभिन्न बैंकिङ कारोबारहरु गर्न सक्ने बै‌कले बताएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *