भृकुटीमण्डपको ठुलो चौरमा ‘जुत्ता सेल मेला’ सुरु, ‘फ्रेस र गुणस्तरीय’ जुत्ताचप्पल उत्पादन मुल्यमै !

news-details

काठमाडौको भृकुटीमण्डप ठुलो चौरमा यही शुक्रबारदेखि ‘जुत्ता सेल मेला’ सुरु भएको छ । चर्चित नेपाली ब्राण्डका गुणस्तरीय, बलिया, आकर्षक र फ्रेस जुत्ताचप्पलहरु उत्पादन मुल्यमै मेलामा उपलब्ध गराइएको आयोजकले जानकारी दिएका छन ।

एक हजारभन्दा बढी मोडलका फ्रेस र गुणस्तरीय जुत्ताचप्पल उपलब्ध मेलामा उत्पादन लागतमै जुत्ताचप्पल पाइनुका साथै ७५ प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको आयोजक प्रमोद महतोले बताए । उनले हरेक जुत्तामा ६ महिना वारेन्टी रहेको समेत जानकारी दिएका छन ।

‘उपभोक्ताहरुलाई नेपाली जुत्ताचप्पलको प्रयोग गर्ने बानी बसाल्न उत्पादन मुल्यमै गुणस्तरीय १ हजारभन्दा बढी मोडलका जुत्ता मेलामा उपलब्ध गराएका छौ’ मेला आयोजक प्रमोद महतोले भने –‘हामीले मेला कै लागि भनेर नयाँ र फ्रेस गुणस्तरीय जुत्ताचप्पल उत्पादन गरेर प्रर्दशनीमा राखेका छौ ।’

नेपालका प्रख्यात ब्राण्ड पिजी सुज, बेम्बो सुज, फुटस्टेप सुज, बोस सुज, भेनस सुज र केटिएम सुजका गुणस्तरीय र स्टाइलिस जुत्ताचप्पल मेलामा उपलब्ध छ । विवाहका सिजनका लागि पनि लक्षित गरेर मेलामा पार्टी सुजहरु र जाडोका लागि नयाँ डिजाइनका गुणस्तरीय जुत्ता पनि उपलब्ध गराइएको आयोजक महतोको भनाई छ ।

स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि जुत्ता सेल मेला आयोजना गरिएको ण्अर्का आयोजक जीवन श्रेष्ठको भनाई छ । उनले भने–‘मेलामा हामीले एकदमै सस्तो उत्पादन (फ्याक्ट्री) मुल्यभन्दा कम पैसामा नयाँ–नयाँ डिजाइनका जुत्ताचप्पल विक्रिवितरण गरिरहेका छौ, हामीले स्टक क्लियरेन्स गर्न नभएर मेलामा नयाँ–नयाँ डिजाइन फ्रेस जुत्ता राखेका छौ ।’

एउटै छानामुनी सबै मोडलका जुत्ताचप्पल छानीछानी किन्नका लागि मेला आयोजना गरिएको अर्का आयोजक रामहरी तोलाङ्गको भनाई छ । उनी भन्छन–‘गुणस्तरीय जुत्ताचप्पल सस्तो मूल्यमा एउटै थलोमा उपलब्ध गराउनु यो मेलाको आकर्षण पक्ष हो ।’

स्वदेशी उत्पादन प्रयोगलाई बढाउन विगतदेखि नै विभिन्न स्किमसहित मेला आयोजना गर्दै आएका यी नेपाली ब्राण्डहरुले सस्तो मुल्यमै अन्तर्राष्ट्रिय स्तरका आकर्षक र गुणस्तरीय जुत्ताचप्पल उपभोक्ताहरुमाझ ल्याइरहेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *